14 March 2019

अज्ञात समूहद्वारा बसमा आगजनी, तीन पक्राउ

SHARE
- कैलालीमा आगजनी गरिएको बस                                                            तस्विर स्रोत : सामाजिक संजाल
स्वागत संवाददाता/कैलाली – फाल्गुण ३० : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बुधबार राति बसमा आगजनी भएको छ । पूर्वबाट पश्चिमतर्फ गई रहेको म १ ख ४४१ नम्बरको बसमा राती पौने ४ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा बसमा आगजनी गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।


सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि नेपाल बन्दको घोषणा गरिएको हो । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ
SHARE

Author: verified_user

0 comments: