हाम्रा सर्त तथा नीतिहरु

प्रयोगकर्ताका लागि नियम तथा हाम्रा नीतिहरु
तपाई स्वागत खबरको प्रयोगकर्ता हुनुहुन्छ भने तपशिलका कुरामा ध्यान दिनुहोला :


) तपाई सूचनाको हकलाई सम्मान गर्नुहुन्छ । अन्य प्रयोगकर्तालाई स्वागत खबर प्रयोग गर्न व्यवधान हुने गरी गतिविधि गर्नुहुने छैन । स्वागत खबरमा प्रकाशित÷प्रशारित सामाग्री तोडमोड गर्ने पुनः प्रयोग गर्न पाइने छैन । स्रोत उल्लेख गरी गैरव्यापारिक प्रयोजनका लागि भने प्रयोग गर्न सकिनेछ ।

ख) तपाई स्वागत खबरमा आफ्ना लेख रचना विश्लेषण पठाउन सक्नुहुन्छ । तर पठाइएका सामाग्रीको विश्वसनियता र सत्यता सम्बन्धी जिम्मेवारी लेखककै हुनेछ । तपाईले आफ्नो भनि पठाएका सामाग्रीमाथि कसैले कुनै प्रकारको हकदाबी गरेमा सोको प्रतिवादी तपाई हुनुहुनेछ ।

ग।) स्वागत खबर बहस, विचार विमर्श, विश्लेषण गर्ने खुला थलो हो । तपाई यस्ता गतिविधिमा सहभागी हुनसक्नुहुन्छ । तर, नियतबस कसैको खेदो खन्न र बद्नाम गर्न वा कसैको बढाइचढाइ गर्न भने पाइने छैन ।

घ) तपाई स्वागत खबरसँंग सम्बन्धित फेसबुक, ट्विटर लगायतका प्रविधिको प्रयोग गर्न सक्नुहुन्छ । तर, अश्लिल, अमर्यादित र देशको अखण्डतासंँग बाझिने कुनैपनि सामाग्री ट्याग गर्न वा पोष्ट गर्न पाइने छैन ।

ङ)  तपाईले दिएका सूचनाका आधारमा स्वागत खबरले सामाग्री तयार गर्नसक्छ । तर, तपाईको सूचनाको प्रमाणिकरणका लागि हामी स्वतन्त्र रहनेछौं । तपाईको अनुमतिबिना तपाई स्रोत हो भनि खुलाउने छैनौं ।

0 comments: