13 March 2019

निर्मला हत्या प्रकरण : दिलीपसिंह विष्टमाथि नै निर्मलाकी आमाको आशंका

SHARE
काठमाडौं - फाल्गुण २९ : निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा शुरुमा नै पक्राउ परेका र पछि छुटेका दिलीप सिंह विष्टको संलग्नता हुनसक्ने निर्मलाकी आमा दुर्गादेवी पन्तले बताएकी छन् ।
दुर्गादेवीले छोरी निर्मलाको बलात्कार र हत्यामा दिलीपको संलग्नता हुनसक्ने बताएकी हुन्। 'दिलीप सिंह विष्ट आजभोली मेरो घर नजिक आएर मलाई समेत हेर्ने, हाँस्ने र घर नजिकै रहेको नहरतिर गएर बस्ने गर्छ । पहिलासमेत आउने गरेको कतिपयले देखेकै रहेछन् । त्यसैले दिलीप नै हो कि जस्तो लाग्छ', दुर्गा देवीले भनिन् । 
डिएनएकै कारण निर्मला पन्तको हत्यारा कतै उम्किने त होइन भनेर चिन्ता लागेकोसमेत उनको बताइन् ।
SHARE

Author: verified_user

0 comments: