Ad 728x90

22 March 2019

दिल्लीमा समर्थकलाई सन्दीपको नेपालीमै सम्बोधन

दिल्लीमा समर्थकलाई सन्दीपको नेपालीमै सम्बोधन


स्वागत संवाददाता/काठमाडौ - चैत्र ०८ : इन्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटका लागि नयाँ दिल्ली पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले खेलप्रेमी नेपालीहरुलाई धन्यवाद दिएका छन् । संसारका जुनसुकै ठाउँमा पुगेपनि दर्शकहरुको साथ पाएको र आगामी दिनमा पनि साथ, सहयोग र माया पाउने अपेक्षा आफुले गरेको सन्दीपले बताए ।

दिल्ली क्यापिटलको वेभसाइट मार्फत नेपालीमै सन्दीपले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका हुन् । संसारका जुनसुकै ठाउँमा जाँदा पनि नेपालको नाम बोकेर हिँडेको भन्दै उनले नेपाली क्रिकेटलाई सधैँ साथ, सहयोग र माया आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।  दिल्ली क्यापिटलमा आवद्ध सन्दीपले  आफ्नो टिमलाई समर्थन गरिदिन पनी आग्रह गरेका छन् ।

शनिवारदेखि आइपिएलको  सन् २०१९ सिजन सुरु हुँदैंछ । सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले आउँदो आइतबार लिगको पहिलो खेल मुम्बईमा मुम्बई इन्डीयन्स संग खेल्नेछ। अघिल्लो वर्ष आइपिएलमा आवद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । अघिल्लो वर्षको प्रदर्शनका आधारमा दिल्लीले उनलाई सन् २०१९ को सिजनका लागि रिटेन गरेको थियो ।

आइपिएलको सहभागितापछि उनी बिग बास लिग, बङ्गलादेश प्रिमियर लिग, क्यारेवियन लिग, पाकिस्तान सुपर लिग लगायतका व्यावसायिक प्रतियोगितामा सहभागी भएका थिए।

19 March 2019

यी हुन् विश्वकै सबैभन्दा महँगो र सबैभन्दा सस्तो सहर

यी हुन् विश्वकै सबैभन्दा महँगो र सबैभन्दा सस्तो सहर



एजेन्सी/काठमाडौ : फ्रान्सको राजधानी पेरिस विश्वको सबैभन्दा महँगो सहर बनेको छ । ‘इकोनोमिस्ट इन्टेलिजेन्स् युनिट सर्भे’ले जारी गरेको सूचीमा हङकङ र सिंगापुरसँगै पेरिस सबैभन्दा महँगो सहरको सूचीमा परेको हो ।

इकोनोमिस्ट इन्टेलजेन्स युनिटको इतिहासमै सबैभन्दा महँगो सहरको सूचीमा पहिलोपटक तीन सहर परेका हुन् । गत वर्ष प्यारिस सूचीको दोस्रो नम्बरमा थियो । विश्वका १३३ सहरलाई आधार मानी गरिएको सर्वेक्षणमा चारओटा युरोपियन सहर परेका छन् ।

सबैभन्दा महँगो सहरको सूचीको चौथो नम्बरमा स्वीट्जरल्यान्डको जुरिच, पाँचौंमा जापानको ओशाका, छैटौंमा डेनमार्कको कोपनहेगन, सातौंमा अमेरिकाको न्यूयोर्क, दशौंमा इजरायलको तल अविव र अमेरिकाको लस एन्जलस् संयुक्तरुपमा परेका छन् ।

सर्वेक्षणका लागि सबैभन्दा साधारण वस्तु जस्तै, पाउरोटीको मूल्यलाई आधार मानिएको थियो र मानिसको जीवनस्तरलाई न्यूयोर्क सहरसँग तुलना गरी सूची तयार पारिएको बताइएको छ ।

मूल्यलाई आधार मान्दा आर्थिक संकटसँग जुधिरहेको भेनेजुयलाको राजधानी काराकास सबैभन्दा सस्तो सहर बनेको छ । गृहयुद्धको चपेटामा परेको सिरियाको राजधानी दमस्कस सबैभन्दा सस्तो सहरको दोस्रो सूचीमा परेको छ । यस्तै, भारतको राजधानी नयाँदिल्ली सबैभन्दा सस्तो सहरको आठौं नम्बरमा परेको छ 
नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी (उजुरीपत्र सहित)

नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी (उजुरीपत्र सहित)



स्वागत संवाददाता/काठमाडौं चैत्र - ०५ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष मध्यका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि अमेरिका पुगेका  ‘प्रचण्ड’लाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो ।

अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलक बहादुर श्रेष्ठले बाल्टीमोर स्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्ष समेत रहेका  ‘प्रचण्ड’ विरुद्ध उजुरी हालेका हुन् ।

श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिँदै दाहाललाई पक्राउ गर्न माग गरेका छन् । उजुरीमा दाहाललाई ‘परिचित आतंकवादी’ भनिएको छ । उनले ‘जनयुद्ध’को समयमा १७ हजार गरिब नेपालीको हत्या गरेको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमासमेत रहेकाले पक्राउ गरी कारबाही गर्नका लागि आग्रह गरिएको छ ।

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका  ‘प्रचण्ड’ जोन हकिङ्स अस्पतालमा रहेको जानकारी दिँदै उजुरीकर्ता श्रेष्ठले नैतिक मूल्य र मान्यता, अन्तराष्ट्रिय कानुन र अमेरिकाले आतंकवादविरुद्ध लिएको प्रतिबद्धताको आधारमा उनलाई पक्राउ गर्नुपर्ने जिकिर गरेका छन् ।
सरकारी जग्गा कीर्ते गर्ने बाँके र बर्दियाका अधिकृत सहित ८ कर्मचारी पक्राउ

सरकारी जग्गा कीर्ते गर्ने बाँके र बर्दियाका अधिकृत सहित ८ कर्मचारी पक्राउ



स्वागत संवाददाता/नेपालगञ्ज (बाँके) - चैत्र ०५ : सरकारी जग्गा कीर्ते गरेको आरोपमा प्रहरीले ८ जना कर्मचारीहरुलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा सोमबार राती भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ जना कर्मचारीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीले नायव सुब्बा रुद्र देवकोटा, टंङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोखरेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

मालपोत कार्यालय बाँकेबाट सरुवा भएर हुलाक कार्यालय बाँके पुगेका अधिकृत पुष्पा श्रेष्ठलाई पनि बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा समेत उनीहरु संलग्न रहेको आशंका प्रहरीले गरेको छ । यसबारे केही दिनभित्रै तथ्य बाहिर आउने प्रहरी उपरीक्षक पौडेलले बताए ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ । सेवाग्राहीको भीडभाड हुने भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका ५ जना कर्मचारीहरु प्रहरीको नियन्त्रणमा परेपछि कार्यालयको काम प्रभावित हुने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाहमा समस्या आउने स्थिति आए अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पारिने बताए ।

17 March 2019

'जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ'

'जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ'

'जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ'  कसरी मीठो निन्द्रा सुतेर लामो र स्वस्थ्य जीवन पाउने ?


"यदि तपाईँ लामो र स्वस्थ्य जीवन जिउन चाहानुहुन्छ भने मीठो निन्द्रामा समय खर्च गर्नुहोस्," निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया, बेकरलेका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा भाग लिएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन् ।

"निन्द्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली हो," उनी भन्छन् । पचास वर्षको अध्ययन अनुसन्धानपछि अबको विषय 'निन्द्राले हामीलाई के गर्छु भन्ने होइन कि' निन्द्राले फाइदा नगर्ने केही छ किु भन्नेमा केन्द्रित हुन थालेको छ ।

निन्द्राले के गर्छ ?
निन्द्रा नपुगेमा हाम्रो शरीर र मस्तिष्कले राम्रो काम गर्दैन । अहिलेसम्म अध्ययनकर्ताहरूले निन्द्राले फाइदा नगर्ने स्थास्थ्यसम्बन्धी कुरा पत्ता लगाउन सकेका छैनन् । विज्ञानले अहिलेसम्म पत्ता लगाएको कुरो भनेको निन्द्राको अभावमा हाम्रो शरीर र मस्तिष्कमा नाटकीय असर गर्छ भन्ने हो ।

विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अलजाइमर्स, क्यान्सर, मृटु र धमनीसम्बन्धी रोगहरू, मोटोपना, डिप्रेसन, चिन्ता र आत्महत्याको पनि निन्द्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ । मानव शरीरको सबै प्रणालीहरूले निदाएको अवस्थामा पुनर्ताजगी प्राप्त गर्छन्, र निन्द्राको अभावमा तिनीहरूमा असर पर्छ । तर निन्द्रा भने प्राकृतिक हुनुपर्छ, निन्द्राको औषधिले भने क्यान्सर, इन्फेक्सन र मृत्युको सम्भावना बढाउँछ ।

हामी कम सुत्छौँ
पर्याप्त नसुत्नु आफैँलाई हानी गर्नु हो । निन्द्रा हाम्रो लागि ज्यादै राम्रो हुन्छ । तर हामीले विकसित मुलुकको तथ्याङ्क हेर्दा देख्ने प्रचलन भने राम्रो छैन । मानिसहरू औसतमा एक सय वर्षअघिको भन्दा कम सुत्छन् । पर्याप्त निन्द्रा भनेको दिनमा सातदेखि नौ घण्टाको सुताइ हो । पर्याप्य सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन्, रचनात्मक सिर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ । सात घण्टाभन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोग प्रतिरोधी क्षमतामा असर गर्छ ।
मीठो निन्द्रा कसरी सुत्ने ?
एकदमै धेरै सुत्नुपनि स्वस्थकर हुँदैन । निदाउनु भनेको तकियामा टाउको ढल्काउनु होइन् । विश्वका धेरै मानिसहरूलाई निदाउन गार्‍हो हुन्छ । विश्वका धेरै ठाँउमा आजकल अँध्यारो हुँदेन, हामी धेरैजसो अप्राकृतिक उज्यालोमा समय बिताउछौँ र आधुनिक विश्वको गति धेरै छिटो छ । र हामी नपुगेको निन्द्रा पुर्‍याउन खाली समयको सदुपयोग पनि गर्दैनौँ। 'गएको समय गयो,' प्रा. वाकर भन्छन् ।

तर हामी आफैँलाई धेरै र राम्रो निन्द्राका लागि प्रशिक्षित गर्न सक्छौँ । वैज्ञानिकहरु भन्छन् हामीले आफ्नो बानी परिवर्तन गर्‍यौँ भने राम्रो नतिजा तुरुन्तै देखिन्छ ।

 'ह्वाई वी स्लीप (हामी किन सुत्छौँ)' पुस्तकका लेखक प्रा. वाकरले निम्न सुझाव दिएका छन् :

१. सुत्ने र उठ्ने समय एउटै बनाउनुहोस्
दिउँसो सुत्न रमाइलो होला तर रातमा निन्द्रा नपर्न सक्छ । शुरू गर्नु सजिलो छ सुत्ने समय र उठ्ने समय एकै बनाउनुहोस् । सबैभन्दा महत्त्वपूर्ण कुरा जागा रहने समय निश्चित राख्नु हो । यसले गर्दा शरीरले सुत्ने समयमा निन्द्रा पार्न मद्दत गर्छ ।
२. अँध्यारोमा छोपिनुहोस्
सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ । निन्द्राका लागि आवश्यक महत्त्वपूर्ण हार्मोनका लागि शरीरले अँध्यारो खोज्छ । विकासको एउटा नराम्रो पक्ष भनेको हामी निरन्तर उज्यालोमा हुन्छौँ। सुत्नु अगाडि कोठाको उज्यालो कम गरेर हामी अँध्यारो प्राप्त गर्नसक्छौँ ।
यसको अर्थ मोबाइल वा टिभी वा कम्प्युटरको स्क्रिनबाट मुक्त हुनु पनि हो। स्क्रिनले 'नीलो प्रकाश' निकाल्छन् जुन निन्द्राको हार्मोन बन्द गर्ने सबैभन्दा शक्तिशाली प्रकाश हो । त्यसैले सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर् छ।

३. चिसो हुनुहोस्
कोठाको तापक्रम कम राखे निन्द्रालाई फाइदा हुन्छ । प्राकृतिक तापक्रम जुन २४ घण्टामा कहिले कम कहिले बढी हुन्छ, त्यो निन्द्राका लागि फाइदाजनक छ। तर आजकल हामी एउटै तापक्रममा बाच्छौँ ।
मीठो निन्द्रा जगाउने एउटा कुरा चिसो तापक्रम हो । निन्द्राका लागि हाम्रो मस्तिष्क र शरीरको भित्री तापक्रम एक डिग्री सेल्सियस बराबर हुनुपर्छ । त्यसैले तापक्रम नियन्त्रण गर्न मिल्ने अवस्थामा १८ डिग्री सेल्सियसमा सुत्नुहोस् ।

४. खाट सुत्नका लागि मात्रै
निन्द्रा पुर्‍याउने मानिसहरू खुशी हुन्छन् । खाट सुत्न र प्रेमिल क्रियाकलापका लागि राख्नहोस्, खाना खान वा पढ्न वा खेल्नका लागि होइन् । हाम्रो मस्तिष्कले छिट्टै दुई वस्तुबीच सम्बन्ध स्थापित गर्छ त्यसले हामीले खाट सुत्नका लागि हो भन्ने सन्देश दिनुपर्छ । यदि तपाईँ खाटमा २० मिनेटसम्म निदाउनु सकिएन भने उठेर अरूनै कार्य गर्नुपर्छ ।
५. कफी कम खानुहोस्
कफी खानु निन्द्राका लागि राम्रो होइन । एक दिनमा हामी कोला वा कफी वा चिया पिउछौँ, जसले हाम्रो स्नायु प्रणालीमा रमाइलो प्रभाव देखाउँछ । प्राध्यापक वाकरका सल्लाहस् सुत्नु १२ घण्टा अगाडीमात्रै ती पिउनुहोस् ।
उनको कफीको छ घण्टा असर हुने भन्दै नौ घण्टासम्म रगतमा कफीको मात्रा भेटिने बताएका छन् । त्यसैले सुत्ने बेलामा कफीको असर नभएकै राम्रो हुन्छ ।

६. रक्सी याद गर्नुहोस्
रक्सी र निन्द्रा राम्रा साथी होइनन् । सामान्यतया मानिसहरू रक्सीले निन्द्रा पार्छ भन्छन् तर यो सत्य होइन् । रक्सीका कारण लागेको निन्द्रा स्वास्थ्य र सपनाका लागि राम्रो होइन् ।
समाचार स्रोत  : विविसी नेपाली सेवाबाट साभार ।