स्थानीय सरकार र नागरिक समाज मिलेर अघि बढेमा राष्ट्र समृद्ध हुने नागरिक समाजले जोड दिएका छन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले प्रविधिलाई अपनाएर सुशासन, पारदर्शी र जवाफदेहिता कायम गरेको उपमहानगरपालिकालाई धन्यवाद दिँदै आगामी दिनहरुमा नागरिक समाज र स्थानीय सरकार बिच सहकार्य गरि अघि बढेमा समृद्ध समाज हुने बताए ।
युएसआइडी र एफएचआई३६० को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत काठमाडौ लिभीङल्याबको प्राविधिक सहयोगमा निर्मित वेभसाइड र एप्लीकेशनको महत्वबारे नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले जानकारी गराईन् । यो सेवा नेपालकै दोस्रो शहरका रुपमा नेपालगञ्जमा शुरु गरिएको हो । यस अघि निलकण्ठ नगरपालिकामा सेवा शुरु भएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवल सम्शेर राणाले उपमहानगरपालिकाले दिने सेवा सुविधालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन नागरिक समाजको भुमिका महत्व रहेको बताए ।
0 comments: