स्वागत संवाददाता/काठमाडौं चैत्र - ०५ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष मध्यका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि अमेरिका पुगेका ‘प्रचण्ड’लाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो ।
अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलक बहादुर श्रेष्ठले बाल्टीमोर स्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ विरुद्ध उजुरी हालेका हुन् ।
श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिँदै दाहाललाई पक्राउ गर्न माग गरेका छन् । उजुरीमा दाहाललाई ‘परिचित आतंकवादी’ भनिएको छ । उनले ‘जनयुद्ध’को समयमा १७ हजार गरिब नेपालीको हत्या गरेको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमासमेत रहेकाले पक्राउ गरी कारबाही गर्नका लागि आग्रह गरिएको छ ।
पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका ‘प्रचण्ड’ जोन हकिङ्स अस्पतालमा रहेको जानकारी दिँदै उजुरीकर्ता श्रेष्ठले नैतिक मूल्य र मान्यता, अन्तराष्ट्रिय कानुन र अमेरिकाले आतंकवादविरुद्ध लिएको प्रतिबद्धताको आधारमा उनलाई पक्राउ गर्नुपर्ने जिकिर गरेका छन् ।

0 comments: