22 March 2019

दिल्लीमा समर्थकलाई सन्दीपको नेपालीमै सम्बोधन

SHARE

स्वागत संवाददाता/काठमाडौ - चैत्र ०८ : इन्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटका लागि नयाँ दिल्ली पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले खेलप्रेमी नेपालीहरुलाई धन्यवाद दिएका छन् । संसारका जुनसुकै ठाउँमा पुगेपनि दर्शकहरुको साथ पाएको र आगामी दिनमा पनि साथ, सहयोग र माया पाउने अपेक्षा आफुले गरेको सन्दीपले बताए ।

दिल्ली क्यापिटलको वेभसाइट मार्फत नेपालीमै सन्दीपले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका हुन् । संसारका जुनसुकै ठाउँमा जाँदा पनि नेपालको नाम बोकेर हिँडेको भन्दै उनले नेपाली क्रिकेटलाई सधैँ साथ, सहयोग र माया आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।  दिल्ली क्यापिटलमा आवद्ध सन्दीपले  आफ्नो टिमलाई समर्थन गरिदिन पनी आग्रह गरेका छन् ।

शनिवारदेखि आइपिएलको  सन् २०१९ सिजन सुरु हुँदैंछ । सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले आउँदो आइतबार लिगको पहिलो खेल मुम्बईमा मुम्बई इन्डीयन्स संग खेल्नेछ। अघिल्लो वर्ष आइपिएलमा आवद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । अघिल्लो वर्षको प्रदर्शनका आधारमा दिल्लीले उनलाई सन् २०१९ को सिजनका लागि रिटेन गरेको थियो ।

आइपिएलको सहभागितापछि उनी बिग बास लिग, बङ्गलादेश प्रिमियर लिग, क्यारेवियन लिग, पाकिस्तान सुपर लिग लगायतका व्यावसायिक प्रतियोगितामा सहभागी भएका थिए।
SHARE

Author: verified_user

0 comments: