14 March 2019

परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा विद्या भण्डारी र केपी ओली दुवै राष्ट्रपति (विज्ञप्ति सहित)

SHARE
 काठमाडौं - फाल्गुण ३० : परराष्ट्र मन्त्रालयका कर्मचारीको योग्यता र क्षमताबारे बेलाबेलामा प्रश्न उठिरहन्छ । निजामतीमा सबैभन्दा आकर्षक ठाउँमध्ये परराष्ट्र मन्त्रालयलाई लिइन्छ ।

देशकै प्रभावशाली मन्त्रालयका कर्मचारीहरुकै कारण पटक–पटक नेपालको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत हुने गरेको छ । यसअघि इन्डोनेसियामा सुनामीमा परेर ज्यान गुमाएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट सो देशका राष्ट्रपतिलाई बधाई सन्देश पठाइएको थियो ।

अहिले त्यस्तै नयाँ घटना सार्वजनिक भएको छ । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले त्यहाँका राष्ट्रपति रामनाथ कोविदलाई बुझाएको ओहोदाको प्रमाण पत्रमा परराष्ट्र मन्त्रालयले पठाएको सन्देशमा नेपालमा दुई राष्ट्रपति भएको उल्लेख भएको छ ।

जसमा राजदूत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीका तर्फबाट भारतीय राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य र समृद्धि तथा भारतीय जनताको सुख, समृद्धिको कामना गरिएको भनाइ व्यक्त गरिएको छ ।
विज्ञप्ति
 - समाचार स्रोत :  मिडिया एनपीबाट साभार
SHARE

Author: verified_user

0 comments: