14 March 2019

विप्लव समूहको बन्द : प्रदेश नं. ५ को जनजीवन प्रभावित

SHARE

स्वागत संवाददाता/प्रदेश नं. ५ ब्युरो - फाल्गुण ३० : विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण पश्चिम नेपालको जनजीवन प्रभावित बनेको छ ।

बन्दले कलकारखानाहरु र सम्पुर्ण शैक्षिक संघसंस्थाहरु पुर्ण रुपमा बन्द रहेका छन । बन्दका कारण बिहानै देखि लामो तथा छोटो दुरीका यातायातका सवारीसाधन सञ्चालनमा आउन नसक्दा यात्रुहरु अलपत्र परेका छन् ।
बजारको पसलहरु बन्द रहेका छन भने स्थानीयहरु आउजाउ गर्न फाटफुट रुपमा मोटरसाइकलहरु चले पनि अन्य सवारीसाधन नचल्दा जनजीवन बढी मात्रामा प्रभावित भएको छ । 

आफ्ना नेता कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको सरकारले गरेको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही बिहीबार आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ । बन्दलाई मध्यनजर गर्दै उच्चसतर्कता अपनाउदै सुरक्षा व्यावस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
SHARE

Author: verified_user

0 comments: