13 March 2019

एउटै कार्यक्षेत्र भएका सहकारी अनिवार्य मर्ज हुनुपर्ने

SHARE
- सचिव : गोपीनाथ मैनाली


स्वागत संवाददाता/काठमाण्डौ - फाल्गुण २९ : सरकारले एउटै कार्य क्षेत्र भएका सहकारी संस्थाहरूलाई अनिवार्य ‘मर्ज’ गर्ने तयारी गरेको छ ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले एउटै कार्यक्षेत्र भएका सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा ‘मर्ज’ हुने गरी आवश्यक नियमावली बनाउन लागिएको जानकारी दिएका हुन । 
नेपाल सहकारी पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सचिव मैनालीले एउटै विषय र क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका सहकारी संस्थाहरूलाई पनि मर्ज हुने गरी नियमावली बनाउने तयारी गरिएको जानकारी दिए । सहकारी संस्थाहरूको संख्या बढिरहेका बेला सरकारले त्यसलाई नियमन गर्न ‘मर्जर’ अभियानलाई अघि बढाउन लागेको हो ।
सचिव मैनालीले वडा स्तरमा, स्थानीय तहको स्तरमा र प्रदेश स्तरमा सहकारी संस्थाहरूको मर्ज हुने कानुनी व्यवस्था गर्ने योजना पनि अघि सारेका हुन । सरकारले सहकारी मर्जर सम्बन्धि नयाँ बनाउन लागेको नियमावलीमा २०४९ साल जेष्ठ २ गते अघिका साझा सहकारी संस्थाहरूलाई भने मर्ज नगर्ने प्रस्ताव पनि गरिएको छ । सचिव मैनालीले सहकारी संस्थाहरूलाई व्यवस्थित बनाउन सरकारले आवश्यक ऐन, नियम, नियमावली बनाउने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारेका थिए ।
SHARE

Author: verified_user

0 comments: