एजेन्सी/अमेरिका - फाल्गुण २७ : अमेरिकाको बरमोन्टस्थित फेयर हेभन सहरमा एक बाख्रालाई मेयर बनाइएको छ । मेयर चुन्नका लागि चुनाव गरिएको थियो । मेयरका लागि १६ वटा अन्य जनावर पनि उम्मेदवार बनाइएका थिए।उम्मेदवारका लागि कुकुर र बिरालालाई पनि समावेश गराइएको थियो ।
अन्तिममा तीन वर्षको लिंकन नामको बाख्रा सहरको मेयर बन्यो । लिकंन १३ भोट ल्याएर मेयर बनेको हो।उनको निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरले १० भोट लिएर हार खानुपर्यो । अरु उम्मेदवारहरुले जम्मा ३० भोट मात्र प्राप्त गरे । लिंकनको कार्यकाल १ वर्षको हुनेछ ।
लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो । लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ । अब लिंकन सहरमा हुने कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्नेछ । फेयर हेभनमा करिब २५ सय मानिसको बसोबास छ।यहाँ अहिलेसम्म कोही मेयर बनेका छैनन् ।
टाउन म्यानेजरका अनुसार जनावरलाई सहरको मेयर बनाउने आइडिया उनलाई उत्तरी मिसिगन राज्यले दिएको थियो । सोही अनुसार उनले स्थानीयस्तरमा खेलकुद मैदानका लागि रकम जुटाउन यो तरिका अपनाएका बताएका छन् ।

0 comments: