एजेन्सी – फाल्गुण २९ : बुधबार बिहानैदेखि जीमेलमा संसारभर नै समस्या देखिएको छ । संसारभरीका जीमेल प्रयोगकर्ताले सोसल मिडिया प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी गराइरहेका छन् ।प्रयोगकर्ताको जीमेल त खोलिन्छ तर यसमा ‘इरर मेसेज’ आइरहेको छ । केहीबेर खुले पनि राम्रोसँग नखुल्ने, इमेल पठाउन र प्राप्त भएका इमेल हेर्न नमिल्ने समस्या देखिएको छ । जीमेलमा प्राप्त भएका मेसेज डाउनलोड एवं फरवार्ड केही गर्न नमिलेको प्रयोगकर्ताको गुनासो छ ।
0 comments: