आँखा बन्द गरे तापनि ध्यान आउँछ ।
तिम्रो सुमधुर बोली र मुस्कान आउँछ ।।
म यात्राको लागि तयार छु तिम्रो लागि,
अवरोध गर्ने शत्रुको बथान आउँछ ।।
प्रेम आफैमा चिज बडो अचम्मको हुने,
छिनमा मुस्कान, छिनमा तुफान आउँछ ।।
म मर्दा अरूलाई शान्ति मिल्ने भए,
भन्नु १ गोली दाग्न मेरै जवान आउँछ ।।
सामिप्यता खोज्छु जब मेरी प्रियाको,
तब दूरी किन, बनी चट्टान आउँछ ??
© रबिन्द्र अनुराग
- महाकाली नगरपालिका, कञ्चनपुर
हाल : रुकुम सल्ले
- महाकाली नगरपालिका, कञ्चनपुर
हाल : रुकुम सल्ले
0 comments: