10 March 2019

गाउँपालिका अध्यक्ष शुक्लाद्वारा पार्टी परित्याग

SHARE

भवानीप्रसाद पाण्डे/रुपन्देही – फाल्गुण २६ : रुपन्देहीको सम्मरीमाई गाउँपालिका प्रमुख जीतेन्द्रनाथ शुक्ला ९ बब्लु ० र प्रदेश सभा सदस्य उम्मेदवार पल्लवी शुक्लाले पार्टी परित्याग गरेका छन् ।

आइतबार आफ्नै निवास मर्चवारमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख शुक्ला र उनकी श्रीमती समेत रहेकी प्रदेशसभा सदस्य उम्मेद्वार पल्लवी शुक्लाले नेपाल कम्युनिष्ट पार्टी नेकपा छोडेको घोषणा गरेका हुन् । सयौंको संख्यामा रहेका आफ्ना कार्यकर्ता र समर्थकसहित पार्टी छोडेको बताएका शुक्लाले नेकपाको मर्चवारलाई हेर्ने दृष्टिकोण ठिक नभएको र पार्टीबाटै उपेक्षित हुनुपरेकाले नेकपा छोडेको बताए ।

स्थानीय चुनावमा बिजयकुमार गच्छेदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकबाट चुनाव जितेका शुक्ला प्रदेश सभाको चुनाव अगाडि तत्कालीन एमालेमा प्रवेश गरेका थिए ।

- समाचार स्रोत : उज्यालोको अनलाईन संस्करणबाट साभार
SHARE

Author: verified_user

0 comments: