एजेन्सी/थाइल्याण्ड – फाल्गुण २७ : थाइल्याण्डका एक धनाढ्य ब्यापारीले आफ्नी छोरीसँग विवाह गर्ने केटालाई दुई लाख चालिस हजार पाउण्ड अर्थात् करिब तीन करोड ५० लाख नेपाली रुपैयाँ दिने घोषणा गरेका छन् ।
थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोन प्रदेशका व्यापारी अर्नोन राडथोंगले आफ्नी कुमारी छोरी कार्नसितासँग विहे गर्नेलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । ती व्यापारीले आफ्नी छोरी कुमारी भएको पनि दाबी गरेका छन् । २६ वर्षीया कर्निता ब्याचलर पढेकी छन् भने चिनियाँ र अंग्रेजी भाषा बोल्न सक्छिन् । ५८ वर्षका अर्नोन कृषि फर्मका मालिक हुन् । उनले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनु पर्ने शर्त अघि सारेका छन् ।
केटा स्मार्ट हुन जरुरी छैन तर पढ्न लेख्न जानेको हुनुपर्ने, परिश्रमी हुनु पर्ने र कन्जुस र फलहरूलाई माया गर्ने हुनु पर्ने छ । उनले आफ्नी छोरीले आफ्नो ब्यापारमा सहयोग गर्दै आएकी बताएका छन् । ती व्यापारीले छोरीको विवाह नभएका कारण तनाव भएकाले यस्तो फैसला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।

0 comments: