भावुक योगी/ठाकुरबाबा (बर्दिया) - फाल्गुण २८ : बर्दियाको ठाकुरबाबा नगरपालिकामा आईतवार देखि सुरु भएको कक्षा ८ को नगरस्तरिय परिक्षाको प्रश्नपत्र विद्यालयबाट चोरी भएको छ । ठाकुरबाबा नगरपालिका–६, बकुवामा रहेको जनज्योती माध्यमिक विद्यालयको कार्यालय तोडफोड गरि सोमबार राति प्रश्नपत्र चोरी भएको हो ।
नचिनेका
व्यक्तिले राति विद्यालयको कार्यालयमा रहेको ढोकाको ताला फोडेर कक्षा ८ का
अधिकांश विषयका प्रश्नपत्र चोरी गरेको नगर शिक्षा शाखा प्रमुख सीता
भण्डारीले बताईन् । प्रश्नपत्र संगै विद्यालयमा रहेको एउटा ल्यापटप समेत
चोरी भएको विद्यालयले जनाएको छ । विद्यालयको ताला फोडेर प्रश्नपत्र चोरी
भएको खबर प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय भुरिगाउँको प्रहरी टोली
विद्यालय पुगेर अनुसन्धान सुरु गरेको छ ।
प्रश्नपत्र
चोरी भएपछि मंगलबार र बुधबार दुर्इ दिनका लागि परीक्षा स्थगित गरिएको र
परीक्षा हुन बाँकी रहेका सबै विषयका प्रश्नपत्र पुनः नयाँ बनाएर बिहिवार
देखि नियमित सुचारु गरिने नगर शिक्षा शाखाले जनाएके छ । प्रश्नपत्र
चोरी भएपछि मंगलवारको विज्ञान विषय र बुधवारको सामाजिक विषयको परीक्षा
अन्तिम दिन पछि चैत्र ५ गते पछि हुने नगर शिक्षा शाखाले जनाएको छ ।
यसअघि
जिल्ला स्तरिय परीक्षा हुँदै आइरहेको कक्षा ८ को परीक्षा स्थानिय सरकार
भएपछि गत वर्ष देखि ठाकुरबाबा नगरपालिकाले नगरस्तरिय परीक्षा लिन सुरु
गरेको थियो ।
0 comments: