स्वागत संवाददाता/झापा – फाल्गुण २७ : झापा गोल्डकप फुटबलको उपाधिका लागि विभागीय टिम नेपाल आर्मी र आयोजक झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ ।
विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा सोमबार अपरान्ह तीन बजे हुने खेलमा दुवै टिमले आफूले उपाधि जित्ने दाबी गरेका छन् । आर्मी दुई पटकको उपाधि बिजेता टिम हो भने झापाले यस अघिका तीन वटै संस्करणमा फाइनल पुगेर पनि उपाधि जितेको छैन् । आर्मी र झापा अहिले तेस्रो पटक झापा गोल्डकपको उपाधिका लागि भिड्न लागेका हुन् । यसअघि पहिलो र तेस्रो संस्करणमा भएको दुवै उपाधि भिडन्तमा आर्मीले उपाधि कब्जा गरेको थियो ।
सेमिफाइनलमा झापाले थ्रीस्टारलाई र आर्मीले क्यारुनी क्लब दाउफिन्स एफसीलाई क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । उपाधि विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

0 comments: