10 March 2019

इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटना

SHARE
फाईल तस्विर


फाल्गुण २६ : इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ । राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेको बोइङ ७३७ दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य रहेका खबरमा उल्लेख छ  ।

घण्द्द नामको विमान राजधानी आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिण पूर्वमा रहेको बिस्फोटु भन्ने ठाउँमा विष्फोट भएको एअरलाइन्सले बताएको छ । आदिस अबाबाको बोले एअरपोर्टबाट बिहान ८ बजेर ३८ मिनेटमा उडेको विमानको ८ बजेर ४४ मिनेट जाँदा टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

दुर्घटनामा ठूलो संख्यामा हताहति भएको आबताएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
SHARE

Author: verified_user

0 comments: