![]() |
| - सौगात श्रेष्ठ |
सुनेको थिए यात्रामा कोही एक्लो हुदैन भनेर र हो पनी यात्रामा कोही एक्लो
हुदैन, केहि समयका लागी कोही भेटिन्छ अनी अली पर पुगे पछी छुटिन्छ, यस्तै
भइ रहन्छ । हो यस्तै त भइ रहन्छ नी कैयौं पटक । भेटिएका सबै संग बोल्नै
पर्छ र बोलिन्छ भन्ने पनी छैन तर कोहि हुन्छन जस संग थाहै नपाएर मन साट्न
पुगिंदो रहेछ । हो यस्तै केहि भएको छ मेरो यात्रामा पनी । के भनेर सम्बोधन
गरौं खै तिमीलाई ? त्यस्तो कुनै सम्बोधन नै छैन म संग जसको प्रयोगले
तिमीलाई सम्बोधन गरुं । अह छैन म संग कुनै त्यस्तो सम्बोधन । साथी भनुं ?
यो मनले साथी मात्र सोंचेको छैन तिमीलाई । के भनु, प्रेमीका ? होइन, होइन
त्यसो पनी त होइन । अनिर्णित सम्बन्धमा रमाई रहेको छु आजभोली । कुनै
सम्बोधन नै छैन । न त साथी भनेर बोलाउन सक्छु न त अरु केही ।
यो मन भन्ने चिज पनी बडो अचम्मको हुदो रहेछ, कहा के देख्छ ? के मन पराउछ
थाहै नहुने । कसैलाई माया गर्छु भनेर गरिने भए र गर्दिन भनेर नगरिने भए, अह
रमाउदिन थिएं तिमीमा किनकी मलाई यो पनी थाहा छ दोबाटोमा भेटिएकाहरु चौबाटो
आए पछी उसै गरी छुट्टिएर जान्छन, छुट्टिएर गएकाहरु फेरि कहि कतै भेट
हुन्छन हुदैनन् थाहै हुदैन । तिमी पनी भेटिएकी हौ त्यही परको दोबाटो बाट र
अब आउने चौबाटोमा गन्तब्य फरक फरक हुन सक्छ तिम्रो र मेरो अनी फेरी हुने
छौं तिमी कता म कता । यो दोबाटोहरु कहिल्यै एक आपसमा मिलन हुन सक्दैनन् र
सक्दैनन कोहि कसैलाई मिलाउन पनी । हुन त यो गोरटो अनी चौताराहरुको के दोष ?
कोहि भेटिनु र छुट्टिनु संग । खैर म पनी के के हो के के भनी रहेछु ।
हा“सोमा पनी अर्थ हुदो रहेछ थाहा थिएन मलाई । तिमी संग भेटिनु पहिले पनी
रमाउन त रमाए कै थिए तर खुशीमा जुन प्रकारको खुशी हुनु पर्दो रहेछ अहिले
महसुस गर्दैछु थिएन त्यो खुशी अह पटक्कै थिएन । र पनी म भन्थें, रमाई रहेकै
छु । हो आखीर त्यसरी पनी त रमाई रहेकै थिए तिम्रो अनुपस्थितीमा र भोली पनी
रमाउछु जसोतसो तिमी बिना । कुरा यत्ति हो तिमी भयौ भने हरेक पलमा, हरेक
सुख, दुःमा सम्हालिएर रमाउन सक्छु । तिम्रो सहयात्री बनेर सहयात्रा गर्न
चाहन्छु, तिम्रो मान्छे बनेर सहयात्रा गर्न चाहन्छु । तर खै यो समयले कहा
कहा पु¥याउने हो ।
आखिर यो मनले यत्ति सोंची सक्दा पनी म अझै अन्यौलमै छु । के भनेर सम्बोधन
गरौं तिमीलाई ? न साथी मात्र भनेर बोलाउन चाहन्छ यो मन । न त अरु कुनै
स्थान दिन नै सक्छु । कहिले काहीं त डर पनी लाग्छ म यो अन्यौलतामा रुमलिं
रहेको बेला तिमी अर्कैकी पो हुने हौ की भनेर । र पनी म अनिर्णित सम्बन्धमा
नै हराई रहेको छु । थाहा छैन खै के पो भई रहेछ यो सब । म आफैलाई थाहा छैन
खै के भइ रहेको छ यो अहं केहि थाहा छैन ।
हुन सक्छ अहिले नै यि सबै कुरा भन्दा अलि हतार गरेको जस्तो पनि हुन सक्छ ।
तर यो समय अनी यो परिवेश र यो मनलाई कसैले आफ्नो अनुकुल चलाउन नसक्ने रहेछन
। मैले पनी यो मनलाई आफ्नो अनुकुल चलाउन सकिन र त भनि रहेको छु तिमीलाई
आफ्नो मनको सम्बेगहरु । हुन त मैले पहिले पनी भनेको छु तिमीलाई तिमी संग
भेटिनु पहिले पनी रमाई रहेकै थिएं हो म रमाई रहेकै थिए“, आफ्नै यात्रा,
आफ्नै गन्तब्यको लक्ष्यमा ।
अलि पर त्यो क्षितिजलाई गन्तब्य बनाएर एक्लै यात्रामा अघि बढि रहेको म, अनी
कुनै निश्चित बिन्दुलाई गन्तब्य बनाएर हिंडिरहेकी तिमी अहिले समयको रफ्तार
संगै यो परिवेश यो अवस्था यो भैगोलिकतामा आएर भेटिएका छौं । जुन दोबाटोबाट
संग संगै एउटै बाटोमा हिंडि रहेका छौं हामी, हो त्यही दोबाटोको अली पर बाट
तिमी संग परिचय भएको हो । नदेखेको भए, नबोलेको भए कुनै मतलब नै हु“दैन
थियो तर अह“ नबोलेरै पनी त हिंड्न सकेनौं नी हामी । भेटिनु थियो भेटियौं, र
संगै यात्रा पनी गरि रहेका छौं । तिम्रो गन्तब्य फरक मेरो गन्तब्य फरक,
तिमी बा“चेको दुनिया“ फरक म बा“चेको दुनिया“ फरक । हो फरक फरक छ तिम्रो र
मेरो सोंचाईहरु पनी अनी बिल्कुलै फरक छ बुझाईहरु पनी । किनकी तिमीले यात्रा
सुरु गरेको परिवेश र मैले यात्रा सुरु गरेको परिवेश पनी फरक फरक छ । हो
केहि बाधाहरु आउन सक्छन, केही ब्यबधानहरु सिर्जना हुन सक्छन । यो यात्रा
अघि बढि रहंदा थाहा छैन कुन दोबाटोले तिमी संग अलग गराउ“छ त्यो त थाहा छैन ।
हो जसरी थाहा नै नपाएर भेटियौ“ त्यसरी नै थाहै नपाएर तिमीमा रमाउन थालि
सकेछु । तिम्रो साथित्वको भाव, आत्मियता, सामिप्यतामा अनी तिम्रा हर
ब्यवहारमा, म आफुलाई खोज्न थालि सकेछु थाहै थिएन ।
म त आफै बाट हराई सकेको रहेछु । खै कता हो कता ।
तिम्रो साथमा जिन्दगीको यात्रा गर्ने मन छ ।
दुःख, सुख समुन्द्र यो संगै तर्ने मन छ ।
यात्रा रै छ जिन्दगानी र हामी यात्रीहरु,
मर्नै परे तिम्रो मान्छे बनी मर्ने मन छ ।

0 comments: