स्वागत संवाददाता/काठमाडौं - फाल्गुण २७ : संगीतकर्ममै रमाइरहेका युवाले स्थापना गरेको एबी मिडियाले बिल्कुलै नौलो स्वादको गीत ‘रकेट’ को म्युजिक भिडियो लिएर दर्शक तथा श्रोतामाझ आएको छ ।
संगीतकार सुशान्त गौतम र गीतकार एकतारेको ‘रकेट...’ मा गायक मनिष ढकालको सुमधुर आवाज रहेको छ । रिकेश गुरुङले संगीत संयोजन रहेको गीतको ध्वनि मिश्रण तथा मास्टरिङ बिजु बज्राचार्य तथा जोशुवाले गरेका छन् । भिडियोमा गायक मनिष ढकाल तथा एकतारेले नै अभिनय गरेका छन् ।
एउटा स्वच्छ मनको यात्रालाई बिजु कर्माचार्यले अमूर्त रूपमा कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । एउटा गीत श्रृजनाको क्रममा कलाकारले अनुभूति गर्ने भावनाहरू समेटेर भिडियोमा गायकको स्टुडियोसम्मको यात्रालाई देखाइएको छ ।

0 comments: